दोलखा कप २०८२ भलिबल प्रतियोगिता माघ २४ देखि
जिरीमा बागमती र कोशी प्रदेशका पालिकाहरूबीच खुल्ला भलिबल प्रतिस्पर्धा
Photo : AI
हेर्दाहेर्दै डेस्क
१२ माघ २०८२, सोमवार
583
SharesNews Summary
- जिरीमा माघ २४ देखि २८ गतेसम्म 'दोलखा कप २०८२' नामक अन्तरपालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता आयोजना हुँदैछ।
- बागमती र कोशी प्रदेशका स्थानीय तहका टिमहरू सहभागी हुने यस प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।
- दोलखा एकीकृत जिरीद्वारा आयोजित यस प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि दर्ता शुल्क ७ हजार रुपैयाँ तोकिएको छ।
दोलखा । जिरीमा बागमती प्रदेश तथा कोशी प्रदेश अन्तरपालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता ‘दोलखा कप २०८२’ आयोजना हुने भएको छ। दोलखा एकीकृत जिरीद्वारा आयोजित उक्त प्रतियोगिता माघ २४ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ।
खेलकुद महासङ्ग्रामका रूपमा आयोजना हुन लागेको प्रतियोगितामा बागमती र कोशी प्रदेशका विभिन्न स्थानीय तहका टिमहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख १ हजार, दोस्रोले १ लाख १ हजार, तेस्रोले ५१ हजार र सान्त्वना टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। साथै विजेता टिमहरूलाई ट्रफी, सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि दर्ता शुल्क ७ हजार रुपैयाँ तोकिएको छ। कार्यक्रमको सह–आयोजक जिरी नगरपालिका रहेको छ।
583 Shares

हेर्दाहेर्दै डेस्क