कांग्रेस दोलखा नेतृत्वका लागि छवि लामाको उम्मेदवारी
दोलखा कांग्रेसलाई मजबुत बनाउने लक्ष्यसहित उम्मेदवारी घोषणा
अबिरल बस्नेत (सुरज)
१२ पुष २०८२, शनिवार
1605
SharesNews Summary
- नेपाली कांग्रेस दोलखाको आगामी जिल्ला अधिवेशनका लागि छवि लामाले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
- वैतेश्वर गाउँपालिका अध्यक्षका रूपमा लोकप्रिय लामाले पार्टी संगठनलाई एकताबद्ध र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
दोलखा — नेपाली कांग्रेस दोलखाको आगामी जिल्ला अधिवेशनका लागि छवि लामाले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। पार्टी संगठनलाई एकताबद्ध गर्दै सशक्त नेतृत्व प्रदान गर्ने उद्देश्यसहित आफू नेतृत्वमा आउन चाहेको उनले बताएका छन्।
वैतेश्वर गाउँपालिकाका अध्यक्षका रूपमा कार्यरत रहँदा लामा विकास निर्माण, सुशासन र जनमुखी कार्यक्रममार्फत लोकप्रिय बनेका छन्। स्थानीय तहमा देखाएको प्रभावकारी कार्यसम्पादन, पारदर्शिता र समावेशी नेतृत्व शैलीले आफूलाई पार्टी नेतृत्वका लागि योग्य बनाएको उनको दाबी छ।
लामाले कांग्रेस दोलखालाई संगठनात्मक रूपमा मजबुत बनाउँदै कार्यकर्ता र जनताको विश्वास अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीभित्रको एकता, अनुशासन र सक्रियतालाई प्राथमिकतामा राखेर अघि बढ्ने उनको भनाइ छ।
आगामी जिल्ला अधिवेशनलाई लिएर कांग्रेस दोलखामा नेतृत्व चयनको चासो बढिरहेको बेला लामाको उम्मेदवारीलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
1605 Sharesलेखकको बारेमा

अबिरल बस्नेत (सुरज)